परिचय
साधना नेपाल इन्डस्ट्रीज एक अग्रणी नेपाली छोप कम्पनी हो,जसले परम्परागत नेपाली स्वादलाई जगेर्ना गर्दै स्वस्थकर र प्राकृतिक खानेकुरा उत्पादनमा समर्पित गरेको छ। यस कम्पनीले नेपाली संस्कृतिमा गहिरो जरा गाडेका छोप,मसला, तथा अचार जन्य खानाहरुलाई आधुनिक प्रविधि र स्वच्छ उत्पादन प्रक्रियाबाट तयार गर्दछ। प्राकृतिक सामग्री र परम्परागत विधिको प्रयोगले यसको उत्पादनहरु स्वादिष्ट मात्र नभई, जीवनलाई स्वस्थ र समृद्ध बनाउन योगदान पुर्याउन सक्छ।
अस्वस्थ आहारहरूले केवल व्यक्तिगत स्वास्थ्यमा मात्र असर नगरी, समग्र राष्ट्रको स्वास्थ्य र समृद्धिमा पनि प्रतिकूल असर पुर्याउन सक्छ। यसका कारण विभिन्न रोगहरूको जोखिम बढ्दै जान्छ र निरोगी जीवनयापनमा अवरोध आउन सक्छ। यसै समस्या न्युनिकरणका लागि साधना नेपाल इन्डस्ट्रीज सदैब लागि रहने छ।
लक्ष्य